दोस्रो विवाह गर्दै रमेश उप्रेती

अभिनेता रमेश उप्रेतीले दोस्रो विहेको तयारी गरेका छन् । उनी आउँदो मंसिरमा विवाह बन्धनमा बाँधिने भएका हुन् ।

विवाहको तयारीमा रहेको रमेशले नै पुष्टि गरिसकेका छन् । परिवारले खोजेको युवतीसँग रमेशले विवाह गर्न लागेका हुन् ।

उनले, परिवारबाट दबाब आएपछि विहे गर्न लागेको उल्लेख गरेका छन् । रमेशले यूवति रोज्ने जिम्मा पनि आफूले परिवारलाई नै छाडेको बताएका छन् ।

फिल्म क्षेत्रभन्दा बाहिरकी युवतीसँग रमेश विवाह बन्धनमा बाँधिन लागेका हुन् । युवती अस्ट्रेलिया बस्दै आएको बताइएको छ । रमेशको यो दोस्रो विवाह हो ।

एक दशक अमेरिका बसेर फर्किएका रमेश अहिले भने नेपालमा नै बस्दै आएका छन् । उनी पछिल्लो समय त्यति धेरै चलचित्रमा काम गरिरहेका छैनन् ।


ताजा खबर