गायक तथा र्यापर समीर घिसिङ अर्थात ‘भिटेन’को नामले परिचित छाडा र अश्लील गीतका कारण बेला-बेलामा पक्राउ समेत पर्ने गर्छन्। उनै भिटेनले फेरि अर्को छाडा गीत सार्वजनिक गरेका छन् । उनले केही साता अगाडि मात्र सार्वजनिक गरेको ‘डन्ट जज मि’ बोलको गीतमा थुप्रै अश्लील र अपाच्य शब्दहरु प्रयोग गरिएको छ ।
प्राय: गीतमार्फत आफ्नै पिडा र्याप शब्दहरुको माध्यबाट व्यक्त गर्ने उनले यो पटकाको गीतमा पनि आफ्नी पिडा र काहानी समेटेको देखिन्छन्। उनको आफ्नै शब्द, संगीत, निर्देशन र अभिनय रहेको गीतलाई जो कोही सँग बसेर हेर्न या सुन्न समेत सकिदैन्। सुरुदेखी अन्त्यसम्म निकै छाडा र अश्लील शब्दहरुले भरिएको यो गीतको भिडियोलाई अहिलेसम्म १७ लाख बढीले हेरिसकेका छन् ।
रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका थिए ।