रवि ओड ५ लाख धरौटीमा विहीबार रिहा

गायक रवि ओड ५ लाख धरौटीमा रिहा भएका छन् । उनी केही दिनदेखी वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका थिए । उनी ५ लाख धरौटीमा कञ्चनपुर जिल्ला अदालतको आदेशपछि विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले जानकारी दिएका छन् ।

नायक ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी परेपछि ओड गतसाता नेपाल आएलगत्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर उनलाई अनुसन्धान गरिरहेको थियो ।

उनी नेपाल आइडल सिजन २ का विजेता समेत हुन् ।


ताजा खबर