‘बधाई तिमीलाई’मा पल शाह र ‘मिस हङकङ नेपाल–२०२३’की विजेता अञ्जना पुन

‘बधाई तिमीलाई’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा गायिका एवं समाजसेवी चन्द्रज्योति आलेको शब्द तथा रचना र गायक युवराज चौँलागाईको स्वर समावेश गरिएको छ ।

गीतको भिडियोमा अभिनेता पल शाह र ‘मिस हङकङ नेपाल–२०२३’की विजेता अञ्जना पुन फिचर्ड छन्। दुई हप्ता अगाडि सार्वजनिक भिडियोमा उनीहरुको केमेस्ट्री गज्जबको देखिएको छ ।

हङककङलाई कर्मथलो बनाउँदै आएकी पोखराकी अञ्जना यतिखेर ‘मिस नेपाल’को ताज जित्ने दाउमा प्रशिक्षणरत छिन् । अञ्जना ‘मिस नेपाल–२०२४’मा पाटिसिपेन्ट छिन् । २६ प्रतियोगीमध्ये उनलाई ‘मिस नेपाल–२०२४’को दावेदारका रुपमा समेत हेरिएको छ ।

यो गीतको भिडियोलाई पल शाहले आँफैले निर्देशन गरेका हुन् । दिनेश पराजुलीको छायांकन रहेको यो गीतको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

यो भिडियो अभिनेता पल शाहको अफिसियल यूट्यब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


ताजा खबर