मोडल दीपेन्द्रको आवाजमा ‘पर्खाई’

गायक तथा मोडल दीपेन्द्र सोनामको सुमधुर स्वरमा सजिएको ‘पर्खाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द रचना तथा संगीत पनि उनकै रहेको छ ।

म्युजिक भिडियोमा कलाकारहरू रिस्ता अधिकारी, सोनाम र नरेश लामिछाने फिचर्ड छन्। उत्सव दाहालको छायांकन रहेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन कलर र पोस्टरको कामले प्रचार प्रसार र कलाकारहरुको प्रतिभालाई ध्यानाकर्षण गराएको छ । प्रेमिल जोडी लक्ष्मी बर्देवा र जिबन भटराईको निर्देशन र लक्ष्मी बर्देवाको कथामा भिडियो तयार पारिएको हो ।

भिडियो भवसागर इन्टरटेन्मेण्टको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सिन्धुपाल्चोकका दीपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुन् । १० गीतमा स्वर दिइसकेका उनले चार दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् ।


ताजा खबर

No comments to show.