तिहारको छेको पारेर तिहारसँग सम्बन्धित नयाँ गीत सार्वजनिक भएको छ । ‘रमाइलो तिहार’ बोलको गीतमा प्रताप दासको स्वर छ । गीतमा शब्द, संगीत तथा संगीत समायोजन रमेश क्षेत्रीको छ । गीत ह्यापी होम स्टुडियोजको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतले तिहारको विशेषतालाई रमाइलोसँग वर्णन गरेको छ । दिदीबहिनीले दाजुभाइलाई आफ्नो घरमा बोलाएर भाइटीका लगाइदिने परम्परा, दिउसी खेल्ने चलन र लक्ष्मीपूजालगायतलाई गीतले सुक्ष्म चित्रण गर्ने प्रयास गरेको छ । तिहारमा देउसी खेलेर गरिने रमाइलो गीतमा देख्न सकिन्छ ।
तिहारमा भाइटीका लगाउन नपाउदा दिदीभाइ र दाजु बहिनीमा हुने छटपटी र पीडामा गीत र भिडियोमा देख्न सकिन्छ ।
गीतको भिडियो रेडियो कार्यक्रमबाट सुरु हुन्छ । जसमा होस्टले तिहारको माहोलमा तिहारको गीत बजाउँछन् । जुन गीत यही हुन्छ । र, यही गीत भित्रको शब्दमा भिडियो निर्माण गरिएको छ । यसलाई निर्माणपक्षले फिल्मी पन दिने प्रयास गरेको छ । त्यसैले यसलाई म्युजिकल फिल्म भनिएको छ ।
भिडियोमा राजवल्लव कोइराला, पूजा चन्द, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दिलिप श्रेष्ठ, अपार श्रेष्ठ लगायतको अभिनय रहेको छ । समीर रेग्मी अमेरिकामा बसेर नेपाली कला सँस्कृतिको क्षेत्रमा उल्लेखिय योगदान पुर्याइरहेका एक उदयिमान अभिनेता हुन् ।
यसको निर्माण अमेरिकाकै ह्यप्पी होम स्टुडियोजले गरेको हो र सम्पूर्ण सुटिङ्ग कार्य अमेरिकामै भएको हो ।
भिडियोलाई जोयश पाण्डेले निर्देशन गरेका छन् । विमल सुवेदीको लगानी रहेको भिडियोमा चेन इन गाउको सिनेमेटोग्राफी छ भने सम्पादन निशान घिमिरेले गरेका छन् ।