गायक समीर आचार्य र गायिका अन्नु चौधरीको आवाजमा नयाँ गीत ‘साली हो भाटु हो’ सार्वजनिक भएको छ। शनिबार रिलिज गरिएको यो गीत नेपमेलोले प्रस्तुत गरेको हो। गायक समीर आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत रहेको छ। गीतमा नेपाली र थारू भाषाको आकर्षक मिश्रण गरिएको छ।
गीतको भिडियोमा थारू समुदायको रहनसहन र कला संस्कृतिलाई विशेष महत्व दिइएको छ। चक्र बम, उषा उप्रेती र सृजन खरेल फिचर्ड रहेको भिडियोमा थारू समुदायको सांस्कृतिक झलक देख्न सकिन्छ।
भिडियोलाई जेरी भण्डारीले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। नवराज उप्रेतीले छायांकन गरेका यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्। गीतले सांस्कृतिक विविधता र मनोरञ्जनलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरेको छ।
श्रोताहरूले गीतलाई सकारात्मक प्रतिक्रिया दिएका छन् भने भिडियोले पनि विशेष चर्चा पाउने अपेक्षा गरिएको छ।