आगामी भाद्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र नम्बरी सुनको टिजर सार्वजनिक गरिएको छ ।
राजु गिरिको निर्देशनमा तयार भएको चलचित्र सुनको इतिहासमाथी चलचित्र निर्माण भएको छ। एक्सन र कमेडीलाई प्रथामिकतामा राखिएको २ मिनेट लामो चलचित्रको टिजरले प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई केन्द्रमा राखेको छ।
सार्वजनिक टिजरले ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहासलाई प्रस्तुत गरिएको छ । टिजरमा गौरव नम्रताको प्रेम सम्बन्धमा आउने उतार चढावलाई मुख्य स्थान दिइएको छ । अभिनेता सरोज खनाल चलचित्रमा गाउँको मुखियाको भुमिकामा देखिएका छन्, भने बुद्धि तामाङलाई श्रीमती पिडित श्रीमानको रुपमा देखाइएको छ ।
चलचित्रको सार्वजनिक टिजरमा देखिने अभिनेता राजराम पौडेलको कमेडी पञ्च र किरण नेपालीको भिलेन अवतारले रोचक मोडमा पुर्याउने अनुमान गर्न सकिन्छ ।
नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको चलचित्रमा राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ ।
चलचित्रमा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ । चलचित्रका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ ।
अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ ।
चलचित्रमा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ । चलचित्रलाई काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।
चलचित्रले गत महिना हेटौडामा गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया बटुलेको थियो।