‘हामी तीन भाइ’ शीर्षकमा अर्को फिल्म बनाउँदै मधुसुदन भट्टराई

निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘हामी तीन भाइ’को स्क्रिप्ट पूजा गरिएको छ । आगामी साउन १० गतेबाट छायांकनमा जाने चलचित्रको गोर्खाको मनकामना मन्दिरमा स्क्रिप्ट पूजा गरिएको हो ।

चलचित्रमा अभिनेता विनोद न्यौपाने, कुशल विष्ट र अभिनेत्री जाहान्वी बस्नेतको मुख्य भूमिका रहनेछ । चलचित्रको मुख्य भूमिकाको लागि दुई अभिनेत्री छनोटको चरणमा रहेको जानकारी निर्माण टिमले दिएको छ । निर्देशक भट्टराईको कथा रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

यसअघि स्वर्गीय निर्देशक शिव रेग्मीले ‘हामी तीन भाइ’ नाममा चलचित्र निर्माण गरेका थिए । नेपाली बक्सअफिरमा सुरपहिट चलचित्रको नाम सापटी लिएर डेढ दशकपछि पुनः चलचित्र निर्माण हुन लागेको हो । ‘दौँतरी’ नामक चलचित्रलाई केही समयलाई स्थगित गर्दै ‘हामी तीन भाइ’ निर्माण गर्न लागेका निर्देशक भट्टराईले जानकारी दिएका छन् ।

प्रसिद्ध सिने आर्ट्सको ब्यानरमा निर्माण हुने चलचित्रमा विनोद, कुशल र जाहान्वीका अलावा राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हवलदार), दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ । साजित महत प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता विक्रम तामाङ हुन् ।

त्रिरत्न श्रेष्ठ निर्माता रहेको चलचित्रको सह-निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ विशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहेको चलचित्रका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।


ताजा खबर