तेश्रो सातामा प्रवेश गरेको ‘दिमाग खराब’को कमाई ७ करोड ग्रस

फिल्म ‘दिमाग खराब’ आजबाट तेस्रो सातामा प्रवेश गरेको छ ।

फिल्म आजबाट तेश्रो सातामा प्रवेश गरेको हो। तेश्रो सातामा प्रवेश गरेसँगै फिल्म हेर्न दर्शकको चाप कम भएको छैन । यसैले, फिल्मले यो साता पनि सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

फिल्मको वर्ड अफ माउथ बलियो भएकाले पनि यसले दर्शकको साथ अझै केही हप्ता पाउने देखिन्छ ।

निश्चल बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘दिमाग खराब’ले दुई सातामा ७ करोड ग्रस कलेक्शन गरेको छ । कार्तिक २४ गतेबाट रिलिजमा आएको फिल्मले दोश्रो साताको बिहिबारसम्म ७ करोड ग्रस कलेक्शन गरेको आँकडा निर्माणपक्षले उपलब्ध गराएको छ । यो फिल्मले पहिलो सातामा ४ करोड ग्रस कलेक्शन गरेको थियो ।

राजनीतिक कथावस्तुलाई बर्तमान समयको अवस्थासँग चित्रित गर्दै निश्चलले यो फिल्म निर्देशन गरेका थिए ।

फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, बिजय बराल, सुमन कार्की, रमा थपलिया लगायतका कलाकारको अभिनय छ । यो चलचित्रलाई ४ करोड लगानीमा रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् ।


ताजा खबर