विश्वविद्यालयमा हुने गरेको गुन्डागर्दीको कथालाई उठान गर्दै फिल्म ‘यूनिभर्सिटी अफ गुण्डाज’ बन्ने भएको छ ।
सलोन–सलिना फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको निर्माण पक्षले एउटा थिम पोस्टर सार्वजनिक गर्दै घोषणा गरेको हो ।
यो फिल्मको शीर्ष भूमिकामा सलोन बस्नेत र सलिनमान बनियाँले अभिनय गर्ने जानकारी दिएको छ । ‘यूनिभर्सिटी अफ गुण्डाज’बाट नायक सलिनमान बनियाँले कमब्याक गर्ने पक्का भएको छ ।
‘यात्रा’मा काम गरेपछि फिल्म क्षेत्रबाट टाढा जस्तै देखिएका सलिन यही फिल्मबाट दर्शकमाझ आउनेछन् । सलोन र सलिनसँगै फिल्मका लागि अझै दुई नायक र दुई नायिका फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।
फिल्मको निर्देशक भने फाइनल गरिएको छैन । फिल्मका लागि नाम चलेका निर्देशकसँग कुराकानी भइरहेको र चाडै नै घोषणा गर्ने सलोनले जानकारी गराए ।
आउँदो बर्षको सुरुवातबाट छायांकन हुने यो फिल्मलाई ४ करोडको बजेटमा निर्माण गरिने बताइएको छ ।
फिल्म ‘ए मेरो हजुर २ र यात्रा’मा एकसाथ काम गरेका सलिन र सलोनले तेस्रो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् ।