यस्तो छ ‘सिटामोल’ मा सौगात र बेनिशाको लुक्स

राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘सिटामोल’को छायांकन अहिले धमाधम सिन्धुलीमा भैरहेको छ । निर्माण टिमले दिएको जानकारी अनुसार अहिलेसम्म फिल्मको करिब ५० प्रतिशत छायांकन सकिएको हो ।

फिल्मको छायांकन निकै राम्रो र रमाइलो भएको भन्दै निर्देशक राज बहादुर सानेले खुशी ब्यक्त गरेका छन् । अहिलेकै स्पीडमा काम भएको खण्डमा काम तीजमा रिलिज टार्गेट राखिएको निर्देशबक साने बताउँछन् । बिगत एक हप्तादेखि भैरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको छ ।

सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्, भने बेनिशाले बच्चा बोकेकी छन् । यो तस्वीरबाट फिल्ममा उनीहरु श्रीमान्श्री-मतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ । माओवादी जनयुद्धको कथा फिल्मले उठान गरेको बुझिएको छ । सार्वजनिक लुक्सबाट सौगातलाई जनयुद्धको घाइतेको रुपमा हुनसक्ने बुझिन्छ ।

फिल्ममा उनीहरुका अवा लोकेन्द्र लेखक पनि मुख्य भुमिकामा काम गरेका छन् । बाबुल गिरीको संगीत रहेको फिल्मलाई दिव्य सुवेदीले खिचि रहेका छन् । फिल्ममा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।


ताजा खबर