यस्तो छ जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’को ट्रेलर

‘ह्यारीकी प्यारी’को ट्रेलर काठमाडौंको वान सिनेमाज्मा आयोजित पत्रकार सम्मेलनकाबिच सार्वजनिक भएको छ ।

डाक्टर कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको चलचित्र ‘ह्यारी कि प्यारी’ पारिवारिक कथावस्तुमा निर्माण भएको छ । नेपाली चलचित्रले नबोलेको कथा प्रस्तुत गरेका कारण पनि यसलाई दर्शकले मन पराउने अपेक्षा गर्न सकिन्छ ।

कमेडीसँगै पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा कलाकार जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार विजय बराललाई मुख्य भूमिकामा देखाइएको छ । ट्रेलर हेर्दा चलचित्र जितुको संघर्ष र विवाह वरिपरि घुमेको अनुमान गर्न सकिन्छ ।

चलचित्रमा पैसाको लागि आफ्नो बिर्य समेत बेच्न सक्ने ह्यारी कि आधुनिक समाजमा हुर्किएकी प्यारीबिचको कथा प्रस्तुत गरिएको छ । ट्रेलरबाट पाएको प्रतिक्रियाले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार जितु नेपाल मख्ख देखिए ।

चलचित्रमा जितु, साम्राज्ञी र विजयसँगै, लक्ष्मी गिरी, नरेश पौडेल, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल, डिल्लीराम खनाललगायतको पनि अभिनय छ । सुदिप बरालको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन, सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरबी र डाक्टर कपिल रिजालको लेखन छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा रविन्द्र न्यौपानेको छायांकन, डाक्टर भोला रिजालको निर्माण छ । चलचित्रको कथावस्तुबाट नायिका साम्राज्ञी आशावादी देखिइन् । उनले, चलचित्रको कथा सुन्ने वित्तिकै आफू काम गर्न तयार भएको बताइन् ।

कलाकार जितु नेपालले पनि आफ्नो हाँस्य कलाकारको छवि यो चलचित्रले बदल्नृे आशा व्यक्त गरे । माघको २० गतेबाट यो चलचित्र रिलिज हुँदैछ । भोला रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र नेपालसहित भारतका विभिन्न ४ वटा भाषामा पनि रिलिज हुने भएको छ । यो चलचित्र हिन्दी, बंगाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुँदैछ ।


ताजा खबर