रामबाबु निर्देशित ‘डिग्री माइला’को टिजर रिलिज

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला‘को टिजर रिलिज भएको छ ।

सार्वजनिक टिजरमा सिनेमाका शीर्ष पात्र ‘डिग्री माइला‘ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षककालागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ।

टिजरमा दयालाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ। यस्तै उनले टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूलेचौधरी ग्रुपले मासिक ४ लाख को जागिर प्रस्ताव लत्याएको भनेर भनेको दृश्यसमेत समावेश गरिएको छ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ।

३ मिनेट र केही सेकेण्ड लामो टिजरमा दयाले आफू सन् २०११ को अंग्रेजी साहित्यको व्याच टपरका रुपमा दाबी गरेको देखाइएको छ। रमाइलो शैलीमा प्रस्तुत गरिएको टिजरले ट्रेलर तथा फिल्मप्रति दर्शकको रुचि बढाउने स्पष्ट संकेत गर्दछ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस्ले तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो।

फिल्ममा दयाका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ।

फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ। फिल्म आगामी नेपालीनयाँ वर्षमा रिलिज हुनेछ।

फिल्ममा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ।

यस्तै फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन्।


ताजा खबर