फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन वैशाखको दोस्रो सातादेखि गरिने भएको छ। पोखरा लगायतका आसपासमा छायांकन गरिने यो फिल्मको निर्देशन दीपाश्री निरौलाले गर्नेछिन्।
पाँचौं श्रृंखलासम्म आइपुदा दीपक र केदार घिमिरे ‘माग्नेबुढा’मात्र श्रृंखलाको कास्टिङमा निश्चित छन् । ‘अहिलेसम्म हामी दुईजना मात्र निश्चित छौं । अन्य कलाकार तय छैनन्,’ गिरीले भने ।
अभिनेता तथा निर्माता दीपकराज गिरी यतिबेला फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । चैत मध्यतिर स्क्रिप्टलाई टुंग्याउने उनको तयारी छ । यदी स्क्रिप्ट टुंङ्गिएको खण्डमा वैशाख दोस्रो सातादेखि यो फिल्मको छायांकन सुरु हुने बताउछन्। फिल्म आगामी दशैंमा प्रदर्शन हुने छ।