फ्राइडे रिलिज : विश्वभर एकसाथ प्रदर्शनमा’महाजात्रा’ – कस्तो छ बिहानी शो ?

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘महाजात्रा’ आजबाट विश्वभर प्रदर्शनमा आएको छ। बिहानी शोमा सुखद अकुपेन्सीका साथ सुरुवात गरेको यो फिल्म हेर्न बिहानैबाट दर्शकको घुइचो हलमा देखिएको छ ।

यो वर्षकै बहुप्रतिक्षित यो फिल्मलाई फिल्मी क्षेत्रले नै उच्च आशा गरेको छ। त्यस्तै प्रदर्शकले पनि उच्च शो नै उपलब्ध गराएका छन् । यसैले, ‘महाजात्रा’लाई बम्पर व्यापारको अवसर प्राप्त भएको छ। कमेडीसँगै राजनीतिको विषयमा निर्माण गरिएको यो फिल्मले प्रिमियरमा राम्रो तरिफ पाएको थियो।

यो फिल्मलाई देशभरका मल्टिप्लेक्सले २३४ शोज उपलब्ध गराएका छन् भने सिंगल हलहरुको समेत शोज हेर्दा साढे २ सय भन्दा माथिको शोज पाएको देखिन्छ । विशेषगरि, यो फिल्मलाई क्यूएफएक्स चेनले देशभर ६७ शोज उपलब्ध गराएको छ ।

यस्तै, वान सिनेमाजको नयाँ बाँनेश्वरको हलमा ९ शो, कालिमाटीको हलमा ७ शो, बिग मुभिजले ५ शोज, क्यूज सिनेमाजले ९ शो, बिएसआरले ६ शो, सिने डी सेफले ६ शो, एफक्यूबले ७ शो, विश्वज्योती सिनेमाजले ८ शो, रञ्जना सिनेप्लेक्सले ९ शो, सिने सिनेमाजले ७ शो, इन्फिनिटी मुभिजले ५ शो, आइएनआई अन्तर्गतको लोत्से मलमा ५ शो, बाँनेश्वरको आइएनआईमा ७ शो र बुटवलमा रहेको आई एन आईमा ५ शो उपलब्ध गराइएको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहेको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।


ताजा खबर