नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन विजयी

नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन १०६ मतले विजयी भएका छन्। शनिबार आयोजित संस्थाको ४९ औं वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी कुवेर शर्मालाई पराजित गरेका हुन् । शर्माले ४६ मत पाउँदा महर्जनले १०६ मत पाएर विजयी भएका हुन् ।

यस्तै, संघको सदस्यमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, गोविन्द शाही, देवेन्द्र खड्गी, प्रज्ज्वल शमशेर राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, निरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा विजयी भएका छन् ।

चलचित्र संघको विधान अनुसार, अध्यक्ष बाहेक अरु सबै सदस्य पदमा निर्वाचित हुन्छन् । अब, आइतबार बस्नेत नयाँ कार्यसमितिको बैठकले उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष मनोनित गर्नेछ ।


ताजा खबर