दैनिक रुपमा हजारौंको संख्यामा विदेश उडिरहेको देख्दा दुःख लाग्छ : सौगात मल्ल


पछिल्लो समय बैदेशिक रोजगारिमा जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दो छ। नेपालीहरू दैनिक रुपमा हजारौंको संख्यामा विदेश उडिरहेको देख्दा नायक सौगात मल्लले दुःख लाग्ने बताएका छन् । उनले चलचित्र ‘रेड सुटकेस’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै –‘मैले देखिरहेको कुरा हो । मेरा कति साथीहरू पनि अहिले विदेशमा छन् । पहिले स्कुल पढ्दा कोही पुलिस बन्ने, कोही आर्मी बन्ने भन्थ्यौँ । ती अधिकांश साथीहरू अहिले विदेशमा छन् । यो दुःख लाग्दो कुरा हो । म यो कुरा सम्झिएर बेलाबखत झसङ्ग हुन्छु ।’

उनले यसरी बाहिरिएको देख्दा निकै दु:ख मान्दै भने -‘रोक्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर, सरकारबाट केही होला जस्तो लाग्दैन । सरकारले त वास्ता नगरेको जस्तो देखिन्छ । के फरक पर्ला र सरकारलाई खै ? मसँग पनि केही आइडिया छैन । कोही होस् भन्ने चाहन्छु ।’ सौगातले यो कुरा कसरी रोकिन्छ भन्ने आफूलाई लागेपनि उपाय भने नभएको बताउछन् ।


नेपालमा पछिल्लो केही बर्षयता सुटकेसको कथामा फिल्म बनिरहेका छन् । यो विषयमा सौगातले भने–‘अहिलेको समय नै यस्तै छ । चलचित्रमा भनेको जे घटना घटिरहेको छ, त्यसैमा त बनाउने हो नी । यो विषयले सबैलाई छोएको छ ।


ताजा खबर