काठमाडौंमा ‘बोक्सीको घर’ प्रिमियर सम्पन्न

नायिका केकी अधिकारीको निर्माण तथा मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को प्रिमियर सम्पन्न गरिएको छ। बिहिबार बेलुकी सम्पन्न प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।

सुलक्षण भारतीको निर्देशनमा तयार भएको यो फिल्मले एक महिलालाई कसरी बोक्सीको आरोप लगाइन्छ र यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ।

१ घन्टा ५० मिनेट लामो प्रिमियर हेरेपछि निर्देशक तथा निर्माता अशोक शर्मादेखी नायिका स्वस्तिमा खड्का, बेनिशा हमाल, रिमा विश्वकर्मा र निर्देशक ज्ञानेन्द्र देउजा सम्मले यो फिल्मको र नायिका केकी अधिकारीको अभिनयको निकै तारिफ गरेका थिए।

फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सविन बास्तोला, सुलक्षण भारती लगायतका कलाकारको अभिनय छ । यो फिल्मको ‘वुझिनँ मैले वुझाइदेउ कसैले’ गीत चर्चामा छ ।


ताजा खबर