नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर फिल्म ‘दान्भी;को नयाँ रिलिज मिति तय गरिएको छ । जेठ १० गतेबाट पोस्टपोन्ड भएको यो फिल्म अब असारको ७ गतेबाट रिलिजमा आउने भएको हो । असारको ७ गते अहिलेसम्म कुनै पनि नयाँ फिल्मको प्रदर्शन मिति तोकिएको छैन । यसैले, ‘दान्भी’ले सोलो रिलिजको अवसर पाउनेछ ।
निर्देशक रुपेश तामाङको निर्देशन रहेको यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रीय भूमिकामा छिन् । उनको साथमा फिल्ममा नव–नायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ । देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । फिल्म ‘दान्भी’को टिजर गतबर्ष नै रिलिज गरिएको थियो ।