जीवन भट्टराई र लक्ष्मीलाई पहिलो सन्तानको रुपमा पुत्र लाभ

अभिनेता जीवन भट्टराई र उनकी श्रीमती लक्ष्मी बर्देवालाई पहिलो सन्तानको रुपमा पुत्र लाभ भएको छ । जीवनले ११ औँ दिनमा छोरोको न्वारनपछि पुत्र लाभ भएको जानकारी दिएका छन् । उनले आफ्नो फेसबुकमा तस्वीर पोस्ट गर्दै छोराको नाम ‘यशकृत’ राखिएको बताएका छन् ।

लक्ष्मीले वैशाख ३१ गते काठमाडौँ मोडेल अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । लक्ष्मी र जीवनले ४ वर्ष लामो प्रेम सम्बन्धलाई २०७५ सालमा विवाहमा परिणत गरेका थिए । दुवै फिल्म अभिनयको अलवा म्युजिक भिडियो अभिनय र निर्देशन गर्दै आएका छन् ।


ताजा खबर