फिल्म ‘सानो संसार’ शुभमुर्हत गरिएको छ । शुक्रबार काठमाडाैंको कमलादी स्थित गणेश मन्दिरमा शुभसाइत गर्दै फिल्मको छायांकन गरिएको हो। अर्जुन कुमार फिल्मस्को प्रस्तुति र राजधानी मिडिया एड प्रालि प्रोडक्सनको सहकार्यमा बन्न लागेको फिल्मको कथा निर्देशक पुडासैनी र सरिष्मा पुडासैनीले मिलेर लेखेका हुन् ।
चर्चित फिल्म सिरिज ‘चपली हाइट’, ‘फाटेको जुत्ता’, ‘द युगदेखि युगसम्म’का निर्माता अर्जुन कुमारले निर्माण गर्दैछन् । निर्माता अर्जुन कुमारका अनुसार फिल्मले सानो परिवारको कथावस्तु भन्नेछ।
फिल्म स्टारले भन्दा कन्टेन्टले चल्ने भएकाले आफूले नयाँ कलाकारलाई लिएको बताउँदै उनले भने, ‘स्टारडमको भ्रम कसैलाई नहोस्, हिजो मैले फिल्ममा खेलाएका र काम गराएकाहरु लाखौं पारिश्रमिक बुझ्छन् । भोलिको स्टार बनाउन मैले नयाँ कलाकार लिएको हुँ ।’ निर्माता अर्जुनले भने ।
सिद्धार्थ पुडासैनीले निर्देशनमा निर्माण हुन लागेको फिल्मको शुभसाइत समारोहमा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ पनि शुभकामना दिन उपस्थित थिए । फिल्म र श्रीमती सीतादेवीलाई शुभकामना दिँदै उनले भने, ‘अब घरपरिवार र कामलाई सन्तुलन मिलाएर अघि बढ्छौं श्रीमानको रुपमा म उनलाई करिअरमा सहयोग गर्नेछु ।’ सीतादेवीले यही फिल्मबाट अभिनयमा डेब्यु गर्दे छिन् ।
जेठको अन्त्यदेखि छायांकन गरिने यो फिल्मको काठमाडौं आसपासका क्षेत्रमा खिचिनेछ । यो फिल्ममा राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जना रिसाल र शिशिर सिवाकोटी र सीतादेवी तिमल्सिनाको शीर्ष भूमिका छ ।पारिवारिक कथावस्तुमा बन्न लागेको यो फिल्ममा सबैजना नयाँ कलाकार छन् ।