मिलन चाम्सको ‘गोर्खा वारियर’ कोरियन भाषामा प्रदर्शन हुँदै

फिल्म ‘गोर्खा वारियर’ कोरियन भाषामा रिलिज हुने भएको छ । ‘गोर्खा वारियर’ कोरियन भाषामा डब भएर कोरियामा रिलिज हुन लागेको हो । कोरियन भाषामा डब भएर रिलिज हुन लागेको यो पहिलो नेपाली फिल्म भएको निर्माणपक्षको दाबी छ ।

यो फिल्म नेपालमा गत वर्षको फागुन ११ मा प्रदर्शन भएको थियो । मिलन चाम्सको निर्देशन गरेको फिल्म वार जनरामा निर्माण भएको छ । कोरिया राइट्स कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले खरिद् गरेको हो ।

निर्देशक चाम्सका अनुसार कोरियाका लागि ७ वर्षको प्रदर्शन तथा वितरण अधिकार दिइएको हो । फिल्म ‘गोर्खा वारियर’को कोरियन भाषामै डव गरेपछि पोस्टर पनि सार्वजनिक भएको छ ।

निर्देशक चाम्सका अनुसार फिल्म हलमा रिलिज हुनेछ । हल रिलिजपछि त्यहाँको टेलिभिजन च्यानलहरूमा पनि रिलिज गरिनेछ । निर्देशक चाम्सले नेपाली फिल्म पहिलो पटक कोरियन भाषामा डव गरेर तयार गरिएको दाबी गर्छन् ।

यो फिल्म हिन्दीबाहेक अन्य भाषाको राइट्स एक अमेरिकन कम्पनीले खरिद गरिसकेको छ ।

मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले सन् १९४९ मा लडेको लडाइँको कथा यो फिल्मको मुख्य कथानक हो ।

फिल्ममा रितेश चाम्स, रेवीका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा ‘गोर्खा वारियर’ निर्माण भएको हो ।


ताजा खबर