‘नालापानी’ पुनः रिलिज हुने

फिल्म ‘नालापानी’ यही साउन २५ गतेबाट रिलिज हुने भएको छ । यसअघि साउन १८ गते रिलिज हुने भनिएको यो फिल्म वितरकको सल्लाह बमोजिम साउन २५ मा रिलिज गर्न लागेको निर्माण पक्षले जनाएको छ । फिल्ममा रिमेश अधिकारीको लेखन, निर्माण र निर्देशन छ ।

निर्देशक अधिकारीले फिल्मले नेपालीको वीरताको गाथा र इतिहास बोकेकाले विशेषत विद्यालयका विद्यार्थीले यसमा चासो देखाएकाले रिलिजको तयारी गरिएको बताए । फिल्म रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस्, गंगानारायण फिल्मस् र बिजिबी इन्टरटेन्टमेन्टको ब्यानरका निर्माण भएको हो । निर्माण पक्षले फिल्मको नयाँ ट्रेलर पनि सार्वजनिक गरेको छ ।

फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, अचुत गजुरेल, हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीता बिष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवास गजुरेल र सुवर्ण थापालगायतको अभिनय छ ।

गणेश कार्की निर्माता, घनेन्द्र थपलिया कार्यकारी निर्माता, सपन थापा एसोसिएट निर्माता र मनोज शाक्य निर्माता रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, अचुत गजुरेलका भीएफएक्स, विपिन मल्लको सम्पादन, रिमेश अधिकारी र कृष्ण आचार्यको लेखन छ ।


ताजा खबर