प्रिमियरमा ‘देवी’ले उठाएको विषयको प्रशंसा

शुक्रबारबाट रिलिज हुने फिल्म ‘देवी’को बुधबार रेडकार्पेट प्रिमियर गरेको छ । फिल्म हेर्न अभिनेता कर्मा शाक्य, गजित बिष्ट, विशाल पहारी, मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर र निर्देशक सौरभ चौधरीका साथमा फिल्म मुख्य कलाकारहरु शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राई लगायत हल पुगेका थिए ।

निर्देशक सौरभ चौधरीले फिल्म निकै राम्रो बनेको भन्दै देवी जस्तो कन्टेन्ट बेसको फिल्म निर्माण गर्ने हरेक मेकरको सपना हुने बताए । समाज र देशमा भैरहेको बलात्कारका घटना र त्यसमा देखिने कानुनको प्रभावलाई सिनेमाले सुक्ष्म रुपमा उठाएकाले सवै कलाकारले आफ्नो भुमिकालाई न्याय दिनु भएको छ । सिनेमा हेरिरहँदा कहिँकतै पनि अस्वभाविक लाग्दैन्, उनले भने

अभिनेत्री सृष्टि श्रेष्ठले पनि फिल्मको बिषयवस्तुले भावुक बनाएको बताइन् । नेपालमा बलात्कार र महिला हिंसाको कानुन बलियो छ । तर, त्यसको प्रभावकारी कार्यन्वयनको जरुरी रहेकाले ुदेवीु जस्ता सिनेमाले सरकारलाई घचघचाउन सफल हुने विश्वास व्यक्त गरिन् । अभिनेत्रीद्धय लुनिभा तुलाधर र मेनुका प्रधानले पनि सिनेमा उत्कृष्ट बनेको भन्दा यस्ता सिनेमालाई धेरै भन्दा धेरै दर्शकले हेरेर बहसको रुपमा लैजानु पर्ने बताए ।

अभिनेता कर्मा शाक्यले पनि फिल्मले गहन बिषयलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेकाले आफ्नो मन छोएको बताए । सिनेमाका मुख्य कलाकारहरु र निर्देशकले पनि आफुहरुको पाँच वर्ष लामो परिश्रम प्रिमियरमा मिलेको प्रतिक्रियाले सफल भएको अनुभव दिएको सुनाए । निर्देशक राईले त हल रिलिज पश्चात नेपालमा विभिन्न ठाउँमा सिनेमा देखाएर समाजलाई जागृत गराउने तयारी समेत रहेको बताए ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेका हो । यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह(निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।


ताजा खबर