‘सानो संसार’को ट्रेलरमा संघर्ष, विदेश मोह र त्यसको परिणाम

फिल्म ‘सानो संसार’को ट्रेलर सार्वजनिक भएको छ । अर्जुन कुमारको निर्माण तथा माधव वाग्ले कार्यकारी निर्माता रहेको फिल्मको ट्रेलरमा एउटा परिवारको कथा प्रस्तुत गरिएको छ ।

मध्यम वर्गीय परिवारको संघर्ष र सन्तानको विदेश मोहले निम्त्याएको कलह र परिणामलाई ट्रेलरले देखाएको छ ।

फिल्ममा अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, सितादेवी तिमिल्सेना, जीवन गौतम, सरिता भण्डारी, शिशिर सिवाकोटी लगायतका कलाकारहरूको यो फिल्ममा अभिनय छ ।

सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी मिलेर लेखेको फिल्मको कथामा रोमी तण्डुकारको सम्पादन, सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी, प्रवीण खड्काको छायांकन छ ।

फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । असोजको ११ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई दर्शकले मन पराउने विश्वास निर्माण पक्षको छ ।


ताजा खबर

No comments to show.