‘छक्का पन्जा ४’ को ट्रेलर: गुण्डागर्दीबाट राजनीतिमा आएका ‘राजा’

चलचित्र ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर रिलिजको १३ दिन अघि सार्वजनिक गरिएको छ । आज (शुक्रबार) ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले राजनीतिक विषयवस्तु उठान गरेको छ।

अभिनेता दीपकराज गिरीलाई ‘राजा’कै भूमिकामा देखाइएपनि गुण्डागर्दीबाट राजनीतिमा आएका नेताका रुपमा चित्रण गरिएको छ। सत्तामा जान गरेको जालझेल र सत्तामा पुगेपछि आफैँ ठूलो देख्ने प्रवृतिलाई ट्रेलरले समेटेको छ।

पाका नेताहरु कुर्सीमा अनि जवानहरु खाडीमा भन्ने भावलाई चलचित्रले जोड दिएको छ । उनीसँगै दीपाश्री निरौला, बेनिशा हमाल, केदार घिमिरे लगायतका कलाकार पनि ट्रेलरमा देखिएका छन्। चलचित्रको ट्रेलर निकै रोमान्चक देखिएको छ।

कलाकारहरु दीपकराज गिरी, दीपा श्री निरौला, निर्मल शर्मा, केदारप्रसाद घिमिरे, बुद्धी तामाङ, निर शाह, राज आचार्य, मलिना जोशी, बेनिसा हमाल, आदि लगाायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको चलचित्रको प्रस्तुतकर्ता दीपक-दीपा हुन्। चलचित्रका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन्।

यो चलचित्र फागुन १९ गतेबाट प्रदर्शन हुनेछ। सोही दिन अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘छड्के २’ पनि रिलिज हुँदैछ।


ताजा खबर