म्युजिकल फिल्म ‘आफ्नै स्वार्थ’मा परिवार र सम्बन्धको कथा

निर्देशक रोशन दासले ‘आफ्नै स्वार्थ’ नामक म्युजिकल फिल्म निर्माण गरेका छन्। परिवार र सम्बन्धको कथा ‘आफ्नै स्वार्थ’ को भिडियो हेर्दा एकै छिन सबैलाई भावुक र सोचमग्न बनाउँदछ।

म्युजिकल फिल्ममा काम गर्ने सम्पूर्ण कलाकारहरूको अभिनय जीवन्त छ। निर्देशकले गीतको भावना र मर्मलाई बुझेर पर्दामा उतारेका छन्। म्युजिकल फिल्मको पटकथा किङ्ग एबिसीको हो भने निर्माता प्रतीक दास हुन्।

‘आफ्नै स्वार्थ’ पशुपति वृद्धा आश्रममा रहेका करिब ६ दर्जन वृद्ध वृद्धाहरूलाई साक्षी राखेर आज भिडियो सार्वजनिक गरिएको हो।

युट्युबमा भिडियो हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। समाजको यथार्थ कथालाई चित्रण गरिएको भिडियोले राम्रो सन्देश समेत दिन्छ।

‘आफ्नै स्वार्थ’ मा गायक ध्रुव विश्वकर्माको स्वर रोशन दासको शब्द रचना र राजन कार्कीको संगीत रहेको छ। रोशन दासको कथा र निर्देशनमा बनेको म्युजिकल फिल्ममा सुभाष गजुरेल,गीता श्री थापा,नारायण बिक,अनुस्कृति घिमिरे, दीपेश घिमिरे, सरिता कठायत, सम्राट दास, सरिता ढुंगाना, अग्नि सुवेदी,रेस पोख्रेल र दीप्त प्रकाश अधिकारीको अभिनय रहेको छ। भिडियोमा युवाहरूको कथालाई गहन रूपमा प्रस्तुत गर्न खोजिएको छ।

हरि प्रसाद ढकालले छायांकन गरेको म्युजिकल फिल्ममा फुर्बा लामाको सम्पादन,श्याम कुँवरको कलर संयोजन,सुरेन्द्र क्षेत्रीको कास्टिंग निर्देशन रहेको छ।

रिता देवी, कुमारी बिना दाहाल र प्रतिमा देवी दास कार्यकारी निर्माता रहेको म्युजिकल फिल्मको निर्माण सल्लाहकारमा हिक्मत शर्मा रहेका छन्। म्युजिकल फिल्म रेज इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।


ताजा खबर