‘श्री बुकुरो: द होम कलिङ’को टिजर सार्वजनिक

सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको चलचित्र ‘श्री बुकुरो: द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि उनले चर्चित चलचित्रहरू ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए ।

सिनेमाको टिजर सिनेमाकी मुख्य कलाकार लक्ष्मी गिरीले वाचन गरेको कविताको अंशबाट सुरु हुन्छ । टिजरमा सिनेमाका दुई मुख्य पात्र लक्ष्मी गिरी र आर्शिवाद क्षेत्री गाउँ फर्किरहेको दृश्य देखाइएको छ । टिजरले ग्रामीण परिवेशको कथा उजागर गरेको छ, जसले एउटा परिवारलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्ने संकेत गर्दछ ।

‘श्री बुकुरो: द होम कलिङ’ फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको हो । यसमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, र रजिना विश्वकर्माको अभिनय रहेको छ।

सिनेमाको निर्देशन सुदीप भुपाल सिंहले गरेका छन् भने लेखन पनि उनले नै गरेका छन्। निर्माणमा रुबी सेन सिंह संलग्न रहेकी छिन्। चलचित्रको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन्। सिनेमाको सुन्दर दृश्य मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा खिचिएको छ।

सिनेमाका गीतहरूमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत समावेश गरिएको छ। निर्देशक सिंहका अनुसार, चलचित्रको प्रदर्शन मिति चाँडै घोषणा गरिने तयारी भइरहेको छ।

‘श्री बुकुरो: द होम कलिङ’ पारिवारिक कथा र ग्रामीण जीवनशैलीमा आधारित सिनेमा भएकाले दर्शकहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ।


ताजा खबर

No comments to show.