‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’ सार्वजनिक, बोल्न नसक्ने व्यक्ति बने प्रदिप

काठमाडौं । चलचित्र ‘एक्टर’को गीत सार्वजनिक भएको छ । ‘के भरोसा गरम…’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।

गीतमा हर्कुलस बस्नेत र इन्दिरा जोशीको युगल स्वर छ । उर्मिला गुरुङको शब्दरचना रहेको गीतमा हर्कुलस बस्नेतको संगीत छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी छन् ।

गीतमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । प्रदीप आना र दिव्यासँग एकसाथ प्रेममा रहेको देखाइएको छ । रोमान्टिक गीतले ‘एक्टर’ त्रिकोणात्मक प्रेम काहनी रहेको लभस्टोरी चलचित्र भएको बुझ्न सकिन्छ ।

माघ १६ गते रिलिज हुने चलचित्र ‘एक्टर’लाई राजन भुसालले निर्देशन गरेका छन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालको छ ।

प्रदीप, आना र दिव्यासँगै यो चलचित्रमा राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायत कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

सिनेमा अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो । निर्माता थमन कुमार भण्डारी, सह–निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।

नरेन्द्र मैनालीले छायांकन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले संगीत दिएका छन् । शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गरेका छन् ।
पोस्ट–प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् ।

द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।


ताजा खबर