चलचित्र ‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ रिलिज भएको छ । बुधबार सार्वजनिक भएको सिनेमाको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको नृत्य देख्न सकिन्छ ।
राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रामकुमार केसीले खिचेका हुन् । आगामी फागु २९ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई मिलन चाम्सको निर्देशन गरेका छन् ।
नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा सिनेमाको कथा समेटिएको छ । सिनेमाको मुख्य भूमिका पनि एञ्जिला स्वयंमले अभिनय गरेकी छन् । सिनेमा पूर्ण रुपमा एञ्जिलाको बायोपिक भने होइन ।
सिनेमामा एञ्जिलासँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ, सुनिल थापालगायत कलाकारको अभिनय छ ।
सिनेमामा प्रदीप भारद्धाज, यम थापा र गिरीराज घिमिरेको लेखन, सुदीप बरालको डिओपी छ ।
प्रेम कुमार श्रेष्ठ निर्माता रहेको सिनेमाको सह–निर्मातामा तुवेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । सिनेमालाई एप्पल इन्टरटेमेन्ट, एफडी कम्पनि र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछन् ।