चलचित्र ‘फेरि रेशम फिलिलि’को टिजर सार्वजनिक भएको छ । युवाको अमेरिका जाने चाह, बाउआमाको फूर्ति, प्रेम, धोका र प्रतिशोध समेटिएको टिजर निर्माण पक्षले आज सार्वजनिक गरेको हो ।
टिजरले गम्भीर विषयलाई कमेडी मिसाएर कथा भन्ने संकेत गरेको छ । फागुन १४ गते रिलिज हुने यो सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका छन् ।
चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता रौनक विक्रम कडेल हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी रहेका छन् ।
चलचित्रको छायांकन सुसन प्रजापतीले गरेका हुन् भने पटकथा निर्देशक महर्जन र आकाश बरालले लेखेका छन् ।
नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ।
यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।