चलचित्र ‘कार्की साइँला’ बन्ने

काठमाडौं । चलचित्र ‘कार्की साइँला’ बन्ने भएको छ ।

निर्माण टिमले शुक्रबार प्रणय दिवस (भयालेनटाइन डे) को अवसर पारेर ‘कार्की साइँला’को थिम पोस्टर सार्वजनिक गर्दै घोषणा गरेको हो ।

सार्वजनिक थिम पोस्टरमा पहाड़ी क्षेत्रमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई प्रस्तुत गरिएको छ । यो पोस्टर हेर्दा सिनेमाले ग्रामीण जीवन देखाउन खोजेको बुझ्न सकिन्छ ।

कर्ण बहादुर फिल्म्स प्रालिको व्यानरमा निर्माण हुने यो चलचित्रलाई राजेन्द्र बस्नेतले निर्देशन गर्ने छन् ।

निर्देशक राजेन्द्र बस्नेतले ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथालाई ‘कार्की साइँला’मा प्रस्तुत गरिने बताए ।

चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिंग हुन् । सिनेमामा डम्बरबहादुर राईको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवनाथ गौतमको गीत हुनेछ ।

धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा छायांकन हुने सिनेमाका लागि कलाकार छनोटको काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ ।


ताजा खबर