‘कर्मा’को छायाकंन सम्पन्न, चैत २९ मै वर्ल्डवाइज रिलिज हुँदै

काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ ।

मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ छायांकन गरि छायांकन पूरा भएको हो ।

चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो सिनेमा विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले चलचित्र रिलिज गर्ने लागेको हो ।

‘कर्मा’को फर्स्टलुक पोस्टर फागुन १ गते सार्वजनिक भएको थियो । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको थियो । जसमा विपीन कार्की फिचर्ड थिए ।

सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको छ । सेभेन सिज सिनेमाले पोस्टर रिलिज भएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको बताएको छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन सिनेमा हो । जसले दर्शकमा अझै कौतुहलता बढाएको छ ।

‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।

निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।


ताजा खबर