चलचित्र ‘मोहर’ रिलिजको मिति तय

काठमाडौं । ओम प्रतिकको निर्देशनमा तयार भएको चलचित्र ‘मोहर’ रिलिजको मिति तय गरिएको छ ।

अभिनेता पल शाह अभिनेत्री द्वय बेनिशा हमाल र नीति शाहको शीर्ष भूमिका रहेको सिनेमाको निर्माणपक्षले साउन अन्तिम सातालाई प्रदर्शन मिति घोषणा गरेका हुन् ।

चलचित्रका निर्देशक प्रतिकले वितरकहरुसँग सल्लाह गरेर आउँदो वर्षको साउन २३ गतेलाई मिति तय गरिएको बताए ।

मेकर्स प्रा.लिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा ओम प्रतिककै लेखन रहेको छ । यो सिनेमामा पल, बेनिशा, नीतिसँगै अर्जुन जंग शाही लगायतका कलाकारहरूको अभिनय छ ।

कमेडी, एक्सन, सोसल ड्रामा तथा लभ स्टोरीसहितको जनरामा बनेको चलचित्रका निर्माता निर्माण व्यवसायी चुम्बन जंग शाही हुन् ।

काठमाडौं, पाल्पा, प्युठान, रोल्पा, दाङ लगायतका स्थानमा छायांकन गरिएको चलचित्रको छायाकार दिपेन बस्न्यात हुन् ।

‘मोहर’मा सुरेश अधिकार तथा एसडी योगी तथा प्रमोद ढुंगाना र हर्क साउद गीतकारको रुपमा रहेका छन् । चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

चलचित्रको कथावस्तुबारे निर्माणपक्षले अहिलेसम्म केही खुलाइएको छैन । निर्देशक प्रतिकका अनुसार ‘मोहर’ नेपाली समाजको ऐनाको रुपमा प्रस्तुत हुनेछ ।

उनी भन्छन्, ‘हामीले चलचित्रको स्लोगन नै ‘अ स्टोरी बेस्ड अन अनरिटन रुल’ बनाएका छौं, अर्थात समाजमा नलेखिएको एउटा नियमका बारेमा आधारित सिनेमा हो ।’


ताजा खबर