‘जनै हराएको बाहुन’बाट अभिनेता सुशांक मैनालीकाे कमब्याक

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण घोषणा देखिनै चर्चामा रहेको सिनेमा हो । चैत्रको अन्त्यबाट छायांकनमा जाने चलचित्रको निर्माणपक्षले कलाकारको छनोट देखि म्युजिकसम्मको कामलाई ध्यानपूर्वक तयारी गरिरहेको छ ।

चलचित्रको केही समय अघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।

चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशन छन् । यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

नयाँ कथावस्तु र आकर्षक शीर्षकसहित निर्माण हुने ‘जनै हराएको बाहुन’मा कलाकारहरुको पनि लाइनअप बलियो देखिएको छ । यो चलचित्रको मुख्य भूमिकामा अभिनेता विजय बराल फाइनल भइसकेका छन् । मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर छन् । साथमा गौरव पहाडी र रेअर राईले काम गर्ने पक्का भइसकेको छ । 

यसैगरि, यो चलचित्रमा अभिनेता सुशान्क मैनाली जोडिएका छन् । नेसनल अवार्ड विजेता अभिनेता मैनालीले ‘जनै हराएको बाहुन’मा मुख्य भूमिका निभाउने पक्का भएको छ ।

उनी अनुबन्धित भएसँगै लामो समयपछि नेपाली सिनेमामा पुनः देखिने भएका छन् । सम्बन्धका धागोहरूलाई केन्द्रमा राखिएको कथा मन परेकाले आफू धेरै वर्षपछि नेपाली चलचित्रमा फर्किन लागेको मैनालीले बताएका छन् ।

हरितालिका तीजको अवसर पारेर आगामी भदौ १० गते रिलिज हुने छ । मैनालीको प्रवेशले सिनेमा निर्माण टोलीलाई थप ऊर्जा मिलेको असोसियट निर्देशक राउतले बताए ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।

चलचित्रको छायांकन चैत २५ गतेदेखि ४० दिन को सेड्युल अनुसार पाल्पा र काठमाडौंमा गरिनेछ । यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकनको जिम्मेवारी लिनेछन् ।


ताजा खबर