‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित

काठमाडौं । निर्माणाधीन सिनेमा ‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित भएका छन्।

कर्ण बहादुर फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने यो सिनेमामा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ। सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन्।

बालकुमार राई र श्याम मगर निर्माता रहेको सिनेमाले ग्रामीण जीवनको कथा भन्नेछ। भुइँमान्छेको कथालाई सिनेमामा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन्।

सिनेमाको पात्र एक भरिया हो।

सिनेमामा डम्बर बहादुर राईको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवननाथ गौतमको गीत समावेश छन्। धनकुटामा छायांकन हुने यो सिनेमाका लागि अन्य कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माण पक्षले बताएका छन्।


ताजा खबर