दक्षिण भारतीय चलचित्र‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद चलचित्र निर्माताले हटाएका छन् । ‘सीता भारतकी छोरी’ भनी राखिएको संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौंमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले चलचित्रबाट उक्त संवाद हटाइएको भारतीय संचार माध्यम अमर उजाला र एविपी लाइभले जनाएका छन् ।
मेयर शाहले बिहीबार फेसकुबमा स्टाट्स राख्दै चलचित्र आदिपुरुषमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विषयलाई तीन दिन भित्र नसच्याए काठमाडौं महानगरभित्र कुनैपनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका थिए ।
यस्तै, चलचित्र बोर्डले पनि उक्त विषयलाई लिएर नेपालमा सेन्सर रोकेको थियो । धार्मिक कथामा आधारित ‘आदिपुरुष’ आजदेखि प्रदर्शनमा आउँदैछ ।
प्रभास कृति र सेनन स्टारर ‘आदिपुरुष’को ट्रेलर रिलिज भएदेखि नै यो चलचित्रको दर्शकले विरोध गरिरहेको छ । पहिलो पटक रिलिज भएको ट्रेलरमा हनुमान जीलाई छालामा लगाउनदेखि लिएर नयाँ ट्रेलरमा सीताहरणको दृश्यलाई गलत देखाउनेसम्म चलचित्रको विरोध भएको थियो ।