काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)ले भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका लागि पहल थाल्न सरकारलाई पत्र लेखेका छन्।
उनले महानगरको तर्फबाट पत्र लेख्दैं ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका लागि भारतसँग कूटनीतिक पहल गर्न अनुरोध गरेका छन्।
आदिपुरुषमा रहेको उक्त संवाद हटाएर सेन्सर बोर्डले नेपालमा सञ्चालनका लागि स्वीकृति दिएको बेला महानगर प्रमुख शाहले मन्त्रालयलाई पत्राचार गरेका हुन् ।