‘हात्तीछाप’को वर्कशप सुरु: दया र उपासना जोडिए

सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘हात्तीछाप’को वर्कशप सुरु भएको छ । आजदेखि सुरु भएको वर्कशपमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी भए ।

४ दिन वर्कशप गरेपछि चलचित्रको छायांकन सुरु गरिने निर्माता किरण नेपालीले जानकारी गराए ।

चलचित्रलाई सामाजिक कथावस्तुमा तयार गर्ने किरणको भनाई छ । यो चलचित्रको छायांकन असारको २१ गतेबाट सुरु हुनेछ । चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् । प्रदीप र सिमोस केही दिन बुढानिलकण्ठको एक होटलमा बसेर चलचित्रको कथा फाइनल गरेका थिए ।

यो चलचित्रमा नायक सौगात मल्लको पनि मुख्य भूमिका रहेनछ । तर, सौगातले भने चलचित्रको छायांकनमा साउन लागेपछि मात्र आफूलाई जोड्नछन् । यो चलचित्रमा सुशन प्रजापतिको छायांकन रहनेछ ।

चलचित्रमा दया, सौगात, उपासनाको साथमा विल्सन विक्रम राई, गौरव पहारी, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको अभिनय रहनेछ ।

यो चलचित्रको छायांकन काठमाडौं र पोखरामा हुने निर्माणपक्षले बताएको छ ।


ताजा खबर