अभिनेता सारुक ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि, बुबाले दिए दागबत्ति (फोटो फिचर)

अभिनेता सारुक ताम्राकारको अन्त्येष्टि गरिएको छ । शुक्रबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो ।

पिता सानु ताम्राकारले उनको पार्थिव शरीरलाई दागबत्ति दिएका छन् ।

अन्त्येष्टि अघि पशुपति आर्यघाटमा नेपाली फिल्मकर्मीहरुले सारुकलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनलाई अन्तिम श्रद्धाञ्जली दिन शुक्रबार अपरान्ह आर्यघाटमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो । उनको निधनको खबर सार्वजनिक भएपछि फिल्म क्षेत्र स्तब्ध बनेको छ ।

सारुक बिहीबार साँझ रातोपुलस्थित निजी निवासमा सारुक झुण्डिएको अवस्थामा भेटिएका थिए । चलचित्र ‘ह्यासट्याग माया’को छायांकन सकेर बेलुकी घर फर्किएका सारुकले आफ्नै निवासमा सिडीमा झुन्डिएर आत्महत्या गरेका थिए ।

चलचित्र ‘रानी’बाट अभिनय करिअर सुरुवात गरेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ पनि काम गरेका छन् ।

तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं


ताजा खबर