डान्सिङ स्टार नेपाल सिजन दुई विजेता छिरिङ दयाहाङको हिरोइन

शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कार्साङ’मा नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन् । छिरिङले यसै चलचित्र मार्फत नेपाली फिल्ममा डेब्यु गर्न लागेकी हुन् ।

छिरिङले यस अघि शेर्पा समुदायमा बनाइएका केही चलचित्र र थुप्रै म्यूजिक भिडियोमा अभिनयसमेत गरेकी छन् । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।

छिरिङले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम समेत राखेकी छन् । उनले ५६ सय मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी हुन् । यो चलचित्र यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो चलचित्रमा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । चलचित्रको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ । शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्रका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । चलचित्रका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय चलचित्र हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । यो चलचित्रमा दयाहाङ र बुद्धि अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटसका लागि माग बढिरहेको निर्माण पक्षको दाबी छ । चलचित्रको छायाकंन तिहार लगतै गरिने बताइएको छ ।


ताजा खबर