अभिनेता गौरव पहारी बिबाह बन्धनमा बाँधिने भएका छन् ।
गौरवले प्रेमिका श्रेयानी खतिवडासँग बुधबार होटल र्याडिसनमा आयोजित एक समारोहकाबीच टिकाटालो गरेका हुन् ।
उनीहरुको इन्गेजमेन्ट समारोहमा फिल्म क्षेत्रका केही कलाकारको मात्र उपस्थिती थियो । आफन्त र परिवारका सदस्यहरुको उपस्थितीमा उनीहरुले टिकाटालो गर्दै औंठी साटेका हुन् ।
उक्त समारोहमा सुनिल थापा, विल्सनविक्रम राई, उदय सुब्बा लगायत फिल्मकर्मी उपस्थित थिए ।
गौरव र श्रेयानी विगत ४-५ बर्षदेखि प्रेम सम्बन्धमा छन् । श्रेयानीले पेशाले फिटनेश पेशामा आवद्ध छिन् । गौरव र श्रेयानीको बिहे भने माघ महिनामा हुने वुझिएको छ ।
फिल्म ‘मञ्जरी’बाट अभिनेताको रुपमा डेब्यू गरेका गौरव त्यसयता ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनी ‘साइँली’मा निर्माता समेत थिए । उनको यस वर्ष दुई फिल्म ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनमा आउँदैछन् ।