अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी हिरासतमुक्त गरिएको छ ।
अभिनेता केसीलाई आइतबार राति हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथ प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
उनकाअनुसार अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था नरहेको र भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मा छोड्न सक्ने कानुनी व्यवस्था भएअनुसार जिम्मा जमानीमा छाडिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी यही असोज १२ गते भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले अभिनेता केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ प्रहरीले पक्राउ गरेको थियो ।