‘लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ इ’ अन्तर्गत कृष्णराज तिवारी अध्यक्ष रहेको लायन्स क्लब अफ आङ्ना पाँचथरले विभिन्न ११ वटा लायन्स क्लबहरुको सहकार्यमा रक्तदानको आयोजना गरेको छ ।
यसै साता काठमाडौंस्थित अनामनगरमा रक्तदान कार्यक्रम राखिएको थियो । भव्य र सभ्य रुपमा रक्तदान सम्पन्न भएको अध्यक्ष तिवारीले बताए । उनले रक्त संकलन कार्यक्रमलाई यसै गरी निरन्तरता दिने पनि बताएका छन् ।
उनले भने, ‘अस्पतालमा रगत अभाव हुन नदिन र रगतको अभावले कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले रक्तदान राखेका थियौं । कार्यक्रममा उत्साहजनक सहभागिताले ऊर्जा र हौसला मिलेको छ ।
’ उनले ‘रक्तभोग’ नामक चलचित्र समेत बनाएका छन् । रक्तदान कार्यक्रममा ‘लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ इ’का गर्भनर लायन हरी दाहाल, फर्स्ट भ्वाइस गर्भनर रामशरण वस्नेत, द्वितिय भ्वाइस गर्भनर हिरा प्रसाद गुप्ता, विमल कुमार श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।