सर्वोत्कृष्ट चलचित्रको उपाधि निर्देशक लक्ष्मण सुवेदीको ‘सतिदेवी’लाई

चलचित्र ‘सतिदेवी’ले सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि जितेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको महोत्सवमा सोमबार लक्ष्मण सुवेदी निर्देशीत सतीदेवी चलचित्र सर्वोत्कृष्ट घोषित भएको हो ।

सतिदेवीले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार जितेको छ । यसैगरी, यही चलचित्रबाट निर्देशक सुवेदीले वरिष्ठ निर्देशक स्व। शिव रेग्मीको नाममा समर्पित शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड पनि जित्न सफल भए ।

समारोहमा निर्देशक सुवेदीलाई स्व। निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा अभिषेक रेग्मीले सो अवार्ड प्रदान गरेका थिए । त्यस्तै महोत्सवमा सर्वोत्कृष्ट बृत्तचित्र अवार्ड डा.सचिन घिमिरे र गौरव केसीद्धारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले प्राप्त गरेको छ । बृत्तचित्रले उपाधिसँगै नगद २५ हजार पुरस्कार समेत प्राप्त गरेको छ ।

त्यस्तै सर्वोत्कृष्ट लघु चलचिको अवार्ड प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले प्राप्त गरेको छ । यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तो सर्वोत्कृष्ट सम्पादक ‘नांगो गाउँ’बाट बनिशा शाहले जीते ।


ताजा खबर