नायक प्रदीप खड्का एकाएक अमेरिका पुगेका छन् । फिल्म ‘पुजार सार्की’को छायांकन सकेलगतै उनी अमेरिका पुगेका हुन्। विगत केही दिनदेखि अमेरिकामा रहदै आएका उनी निर्देशक जीवन थापाको साथमा अमेरिका गएका हुन् ।
फिल्म ‘ऐरी’को तयारीका लागि प्रदीप अमेरिका पुगेको उनको निकट श्रोत बताउछ । तर, फिल्म ‘ऐरी’का निर्माणपक्षले यो विषयमा केही बोल्न चाहेका छैन् । यो फिल्म ‘ऐरी’का नायक र निर्देशक नै अमेरिका पुगेकाले उनीहरू यही फिल्मको तयारीका लागि अमेरिका पुगेको बुझ्न् गर्हो नपर्ला।
हाल अमेरिकाको मेरी ल्याण्ड राज्यको रियो शहरमा पुगेका प्रदीपलाई अमेरिकामा रहेका नेपाली फिल्मकर्मीले भव्य स्वागत गरेका छन् । उनलाई निर्माता कृष्ण कोइराला, छायांकार पवन गौतम, व्यवसायी प्रकाश श्रेष्ठ, दिनेश वन र सुसान तिवारी लगायतले स्वागत गरेका हुन् ।
आउँदो बर्ष पनि सेड्यूल कसिलो देखिएकोले प्रदीप नेपाल फर्किलगतै फिल्म ‘एक्टर’को छायांकनमा व्यस्त हुनेछन् । साथै, उनले ‘पिताम्बर, एक्लो’ लगायतका फिल्ममा पनि काम गर्नुपर्नेछ ।