नीति तथा कार्यक्रम: हलिउड र बलिउडका निर्मातालाई नेपालमा सुटिङको लागि आकर्षित गरिने

सरकारले हलिउड तथा बलिउड लगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिने जनाइएको छ ।

नेपालमा छायांकनका लागि विदेशी फिल्मका निर्मातालाई आकर्षित गर्ने नीति सरकारले लिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा हलिउड तथा बलिउडका चलिचत्रहरूको छायांकन स्थलका रूपमा विकास गरिने बताए ।

“हलिउड तथा बलिउडका फिल्म निर्माताहरूलाइ चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवद्र्धन गरिनेछ” राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सरकारले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकनको लागि आकर्षक गन्तव्य बनाइने नीति लिएको थियो । तर, त्यो कार्यान्वयन हुन सकेको देखिँदैन ।


ताजा खबर