अभिनेता अनमोल केसीले चलचित्र ‘एक्स नाइन: लेभल वान’ छाडेका छन्।
एक्सन थ्रिलर जनरामा बनाउने भनिएको एक्स नाइनमा अनमोललाई मुख्य कलाकारको रूपमा प्रवेश गराइएको थियो । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको चलचित्र एक वर्ष अगाडि नै निर्माण सकिनुपर्ने भए पनि अझैँ फ्लोरमै जान सकेको छैन।
यो चलचित्रलागि अनमोलले एक वर्षको समय सिमा दिर्दै कडा मेहनतका साथ बडी समेत बनाएका थिए । तर अहिले सम्म पनि चलचित्र छायाकंनमा नगएपछि अनमोलले साइनिङ रकम समेत फिर्ता गर्दै बाहिरिएका छन् । उनले चलचित्रकालागि दिएको समय सीमा समाप्त भएपछि सो रकम फिर्ता दिँदै अब नखेल्ने निर्णय गरेका हुन् ।
तोकिएको मितिमा चलचित्र फ्लोरमै नगएपछि अनमोलले साइनिङ अमाउन्ट समेत फिर्ता गरिसकेका छन्। उनले साइनिङ अमाउन्ट फिर्ता गरेको भनिए पनि कति रकम दिइएको थियो भन्ने खुलेको छैन।
निर्देशक भट्टले गत पुसबाट छायाकंन गर्ने गरी अनमोल सँगै थुप्रै कलाकारहरूलाई साइन गराएका थिए । निर्माण टिमले अनमोलसँगै सौगात मल्ल, पुष्प खड्का, निश्चित बस्नेत लगायतका कलाकार अनुबन्ध भइसकेका थिए।
यसै चलचित्रमा मुख्य नायिकाकालागि भनेर मोडल नीति साहलाई समेत साइन गराइएको थियो । नीतिले अनमोलसँग चलचित्रमा देखिने चाहाना सुनाइरहेका बेला ‘एक्स नाइन’मा अनुबन्धित भएकी थिइन्। तर चलचित्रको चर्चा कलाकार अनुबन्धित मात्रै भयो छायाकंन भने भएन ।