सुन्दर संसारको सपना सबैले देख्छन् । तर यस्तो संसार कसरी निर्माण गर्न सकिन्छ भन्ने जवाफ धेरैसँग हुँदैन ।
त्यही सपना साकार गर्ने उद्देश्यले युनाइटेड पिपल ग्लोबल (यूपीजी) गैरनाफामूलक संगठनका रूपमा सन् २०१८ मा स्वीट्जरल्याण्डको जेनेभामा स्थापना भयो । यूपीजीका अध्यक्ष यमी बबिनटङका अनुसार, यूपीजी एउटा समुदाय हो, जसले मानिसहरूलाई राम्रो विश्व निर्माण गर्न प्रोत्साहन दिन्छ र त्यसका लागि सक्षम बनाउँछ ।
यूपीजीले विशेष गरी दिगो विकास लक्ष्य हासिल गर्न योगदान गरेको उहाँको भनाइ छ । उहाँले भन्नुहुन्छ, “यूपीजीले चेतना जगाउन, आपसी विश्वास बलियो बनाउन, सहयोगको भावना बढाउन र समुदायलाई अगाडि लैजान मद्दत गरेको छ।” अहिलेसम्म यूपीजी अधिकांश देश र हजारौं मानिससम्म पुगिसकेको छ ।
उसले अधिकांश देशमा आफ्नो योजना विस्तार गरिसकेको छ । यूपीजीकी एक सदस्य अनुसुया सामन्तरीका अनुसार अहिलेसम्म यूपिजीले एक हजार भन्दा बढीलाई तालिम दिइसकेको छ । यहाँसम्म आइपुग्न अनुसुयालाई सहज भने थिएन । उहाँका अनुसार, एकैपटक चार सय जनाभन्दा बढीलाई तालिम दिनुपर्दा धेरै कुरामा ध्यान दिनुपर्थ्यो ।
“च्याटबक्समा प्रश्नहरू आइराख्थे र यता भर्च्युल कक्षा लिइरहनुपर्दा कति प्रश्नका उत्तर दिन छुट्थ्यो । थोरैले मात्र बोल्ने मौका पाउँथे,” सुन्दर संसारको कल्पना गर्दा यूपीजी नै किन छान्नुभयो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ । दिगो विकास नेतृत्व तालिम २०२४ का लागि चार सयभन्दा बढी छानिएका छन् ।
तीमध्ये नाइजेरियाकी करिमा लवाल भन्छिन्, “यूपीजीको बारेमा मैले आफ्नो साथीबाट थाहा पाएकी हुँ । मैले गर्दै आएका काम र यूपीजीको लक्ष्य मिल्दोजुल्दो लागेपछि फारम भरेँ र छानिएँ पनि ।” यूपीजी नेतृत्व तालिम यसभन्दा बढी साबित भएको करिमाको अनुभव छ। उनी थप भन्छिन्, “सीप विकासको महत्वबारे प्रचार गर्नु कत्तिको महत्वपूर्ण रहेछ भनेर यूपीजीले महसूस गराएको छ ।
नयाँ सीपहरू सिक्ने परिवर्तनकारी शक्तिबारे मेरो समुदायमा चेतना जगाउन म नयाँ रणनीति विकास गर्दै छु ।” दिगो विकास नेतृत्व तालिम लिएका अर्का व्यक्ति हुन्, अफगानिस्तानका मुस्तफा करिमी । यूपीजीले विश्वका सबै मानिसलाई एकीकृत गर्न खोजेको विषयले नै आफूलाई खुशी बनाएको उनी बताउँछन् ।
यूपीजीले आफ्नो लक्ष्यलाई सधैं निरन्तरता देओस् भन्ने उनको चाहना छ । यस तालिमबाट उनले विना लगानी सबैले आ-आफ्नो क्षेत्रबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने पाठ सिकेको उनी बताउँछन् । उनी भन्छन्, “हामी परिवर्तन चाहन्छौं भने हामीलाई कसैले पनि रोक्न सक्दैन । यो तालिम लिएपछि मुस्तफाको आत्मविश्वास बढेको छ ।
भन्छन्, “मेरो निर्णय लिने क्षमता विकास भएको छ ।” करिमा र मुस्तफाले भने जस्तै सुन्दर संसारको सपना देख्न मात्र हैन, त्यसलाई विपनामा साकार पार्न हामी सक्छौं । त्यसैले त्यो काम आजैबाट शुरू गर्ने होइन त ?